महेन्द्रनगर। नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल कञ्चनपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले कमरेड राजवीर चन्द ठकुरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ।

भेलामा संगठनका पश्चिम कमाण्ड इन्चार्ज दीपेन्द्र ऐरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने पार्टी ७ नम्बर ब्युरो इन्चार्ज डीडी पाण्डे विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा कञ्चनपुर जिल्ला पार्टी इन्चार्ज राम भट्ट, पार्टी सल्लाहकार समिति सदस्य डम्बर बिष्ट, जिल्ला सचिव नक्साल बिष्ट, कार्यालय सचिव सुरेन्द्र धानुक, पुष्कर भण्डारी तथा युवा संगठनका जिल्ला इन्चार्ज दीपक पाललगायत नेताहरूको सहभागिता रहेको थियो।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि ऐरीले फागुन २१ अघि शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क नगरे राज्यले गर्ने निर्वाचन बहिष्कार गर्न बाध्य हुने चेतावनी दिए। त्यस्तै,पार्टी कन्चनपुर ईन्चार्ज राम भट्टले अझै युप्रै बेथितिका विरुद्व लड्न युवाहरुको भुमिका आवस्यक पर्ने बताए ।



