महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का २० वर्षीय अबिनाश धामीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।

गत २८ असोजमा राति राम लिला हेरेर घर फर्किने क्रममा दोधारा चाँदनी–२ मा स्यालसँग ठोक्किँदा बा.प्र.०२–०५७ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी धामी सख्त घाइते भएका थिए ।

उपचारका लागि भारतको रुद्रपुरस्थित एक अस्पतालमा रहेका धामीको आज मृत्यु भएको हो । मृतक धामीको शवलाई दोधारा चाँदनी नगर अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जानकारी दिएको छ ।



