दोधारा चाँदनीमा सशस्त्रको बीओपी डुबान, प्रभावितलाई सारियो सुरक्षित स्थान

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीको बीओपी डुबानमा परेको छ।जोगबुढा नदीको पानी बस्ती पस्दा दुई बीओपी पनि डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका १० सुन्दरनगर र दोधारा चाँदनी ७ कञ्चभोजको बिओपी डुबानमा परेको हो। डुबानपछि सुन्दरनगरको बीओपीमा कार्यरत २३ जनालाई सोही ठाउँको ओमकार आधारभूत विद्यालय र कञ्चभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ।

‘लगातारको वर्षाले डुबान बढ्न सक्ने भएकाले पूर्वतयारी स्वरुप त्यहाँबाट सुरक्षित स्थानमा सारिएको छ,’ शैलेश्वरी ३५ नम्बर गणका एसपी लोकेन्द्र भट्टले भने। डुबान प्रभावित स्थानीयलाई सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिरहेको उनले बताए। दोधारा चाँदनी १० शान्ति टोलका डुबान प्रभावित १२ घरपरिवारका ४० जनालाई उद्धार गरिएको छ। उनीहरुलाई दोधारा चाँदनी–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार