रिलायबल नेपाल लाइफ इन्स्योरेन्स महेन्द्रनगर शाखाले मनायो ८ औं वार्षिकोत्सव

प्रकाशित:

-शंकर दत्त अवस्थी ।
महेन्द्रनगर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रम गर्दै भव्यताका साथ मनाएको छ।

कम्पनीले संचालनको ८ वर्ष पूरा गरेर ९ बौ वर्षमा प्रवेश गरेको छ । आइतबार वार्षिकोत्सवको अवसरमा शाखा महेन्द्रनगरले कञ्चनपुर स्थित बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समिति, रौटेलामा खाद्यान्न, चप्पल ,फलफूल, मिष्ठान तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।

कार्यक्रममा शाखा प्रमुख राजेन्द्र भट्टले वृद्धवृद्धाहरुलाई सामग्री हस्तान्तरण गर्दै भने, “समाजको साथ र विश्वासले आज हामी यो स्थानमा पुगेका छौं, त्यसैले समाजको सेवा गर्नु हाम्रो कर्तव्य हो।” हामी विश्वास गर्छौं कि हाम्रो सानो योगदानले आश्रमका लागि सकारात्मक प्रभाव पार्न सक्छ। कम्पनीले आगामी दिनहरूमा पनि समाजका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी कम्पनीका सिनियर एजेन्सी म्यानेजर नरेन्द्र महताले वार्षिकोत्सबको अवसरमा, कम्पनीको व्यवसायी सफलताको शुभकामना राख्दै, शाखालाई उत्कृष्ट बनाउन सम्पूर्ण एजेन्सीहरुको महत्त्वपूर्ण भुमिका रहने भएकोले थप सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

साथै कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर हेम राज जोशी, बलदेव भट्ट , मोहनराज चटौत , लगायत शाखाका कर्मचारी आशिष भट्ट, निर्मला साहु तथा कम्पनीका ग्राहकहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

वृद्धाश्रमका संरक्षक एवं संचालक बहादुर बिष्टले कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीको प्रगतिको शुभकामना व्यक्त गरे । साथै निरन्तर सहयोगले आश्रममा बसोबास गरिरहेका वृद्धवृद्धाहरूको मनोबल उच्च हुने बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार