पुनर्वास मोति बस्तिका भट्ट दुई हप्ता देखि सम्पर्क बिहिन, खोजी कार्यकालागि परिवारको अपिल

प्रकाशित:

महेन्द्रनगर । पुर्नवासबाट दुई हप्ता देखि हराएका एक पुरुष अझै सम्पर्क बिहिन छन् । कञ्चनपुरको पुरनर्वास–२ मोती बस्तीका ४६ वर्षिय नवराज भट्ट साउन ३ गतेदेखि सम्पर्क बिहिन भएका हुन् । घरबाट बिहान ‘मर्निङ वाक’ मा निस्केका भट्ट दुई हप्ता भइसक्दा सम्म अझै सम्पर्क बिहिन छन् ।

घरबाट सम्पर्क बिहिन भएकै दिन दिनदेखि लगातार खोजी कार्य जारी रहेको भट्टकी छोरी यशोदाले बताइन् । ‘साउन ३ गते शनिवारका दिन बिहान ५ बजे मर्निङवाक जाने भनेर घरबाट निस्केका हुन्’ छोरी यशोदाले भनिन्, ‘हामीले लगातार प्रहरी प्रशासन तथा सडक बाटोका सिसिटिभी फुटेज पनि हेरी सक्यौं, आज सम्म केहि पत्ता लागेको छैन् ।

साउन ३ गते बिहान पौने ६ बजे तिर कान्छि बजारमा भट्ट हिडिएको सिसि टिभी फुटेजमा देखिएको छ । स्थानीयले भट्टलाई पशुपति चोकमा समेत देखेको बताउछन् । मोबाइल फोन समेत घरमै छोडेर मर्निङ वाकमा गएका भट्ट आजसम्म पनि घरपरिवारको सम्पर्कमा छैनन् ।प्रहरीमा समेत खोजी कार्यका लागि भट्टका परिवारले निवेदन दिएका छन् । प्रहरीले पनि ‘हुलिया’ अनुसार सबै ठाउँमा सञ्चार गरिएको बताउँदै आएको छ ।

घरमुली नै दुई हप्ता देखि सम्पर्क बिहिन अवस्थामा रहेपछि भट्टको परिवार निकै चिन्तित बनेको छ । गाउँ टोलका स्थानीयले पनि भट्टको खोजी कार्यमा निरन्तर सहयोग एवं खटिदै आएका छन् । पुनर्वास–२ मोति बस्ती नै भट्ट सम्पर्क बिहिन भएपछि शोक तथा चिन्तामा रहेको छ । गाउँका ‘भट्ट बाजे’ भनेर चिनिने नवराज मर्निङ वाक बाट नै हराएपछि परिवार एवं गाउँ निकै चिन्तित छन् । भट्टको खोजी कार्यकालागि उनको परिवारले प्रहरी प्रशासन, स्थानीय निकाय तथा सम्बन्धित सबैलाई अपिल गर्दै आएको छ । भट्टको घरमा श्रीमती, चार छोरी र एक छोरा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार