महेन्द्रनगर । लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ जेठ ११ गतेको फैसलाले लागूऔषध मुद्दामा १२ दिन कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–८ बस्ने ४४ वर्षीय गगनबहादुर क्षेत्री पक्राउ परेका हुन्।

क्षेत्रीलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
