साँघुरो त छँदै थियो, त्यसैमा प्रायः सबैतिर खाल्टाखुल्टी परेको । न गतिलो नाली न त फुटपाथ । केही वर्षअगाडि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडकको अवस्था देख्दा लाग्दैनथ्यो कि यहाँ दुई तहको सरकार छ ।

ग्रामीण क्षेत्रका कतिपय सडकभन्दा पनि खत्तम देखिन्थ्यो अस्थायी राजधानीको सडक । सडकको दुरवस्थाकै कारण अघिल्लो प्रदेश सरकारले व्यापक आलोचना खेप्नु पर्यो । त्यस्तो आलोचना र आक्रोशबाट स्थानीय सरकार तथा प्रदेशकै एक मात्र उपमहानगरपालिका धनगढी पनि अछुतो रहेन । दुई सरकार बसेकै सहरको सडक अव्यवस्थित, खत्तम भन्दै धेरैले आलोचना गरे । आक्रोश व्यक्त गरे । मुख्य सडक फराकिलो र राम्रो बन्नु पर्छ भन्ने आवाज धेरै उठे पनि प्राविधिक रूपमा कठिनाइ थियो ।

सडक फराकिलो बनाउनका लागि सडक किनारका कैयौँको भौतिक संरचना हटाउन जरुरी थियो । त्यस कार्यलाई धनगढीका नगरप्रमुख गोपाल हमालले पूरा गर्नुभयो । धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक अधिकारक्षेत्रमा पर्ने ४२८ संरचना भत्काएर हटाइयो । त्यसपछि सो सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्यो ।

छोटो अवधिमा अब धनगढीका कतिपय सडक आहा एक भन्नलायक बनेका छन् । कैलाली पुलदेखि पश्चिमतर्फ ट्राफिक चौराहासम्म क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत मुख्य सडक बनेको थियो तर पूर्वतर्फ बाँकी रहेको सडक विस्तारको कामलाई प्रदेश सरकारले पूरा गर्ने कार्य गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख रुपियाँ लगानीमा २,३ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ । ३० मिटर चौडा यो सडकको बिचमा मेडियन राखिएको छ । कैयौँ वर्षदेखि खाल्टाखुल्टी, कामचलाउ साँघुरा सडकलाई फराकिलो र व्यवस्थित बनाउने कार्य प्रदेश सरकारले गरेको छ ।
व्यवस्थित नाली र फुटफाथसहित यो सडक बनेको हो । सडक निर्माणका क्रममा व्यापार व्यवसाय ठप्प भएर निराश व्यवसायी फराकिलो कालोपत्रे बाटो बनेपछि खुसी देखिन्छन् । “अहिले बनेको सडक एकदम राम्रो र फराकिलो देखिन्छ,” धनगढीको क्याम्पस रोडस्थित जीवन एग्रोभेटका सञ्चालक जीवन चौधरीले भन्नुभयो, “प्रदेश सरकारले यो राम्रो काम गरेको छ ।” सडक बन्ने क्रममा दुई वर्ष व्यापार व्यवसाय गर्न समस्या भएको उहाँको भनाइ छ । प्रदेश सरकारले बनाएको फराकिलो सडकले धनगढीको सुन्दरता बढाएको चौधरीको बुझाइ छ । पिपल चौतारादेखि बोराडाँडी हुँदै फाप्ला रिङरोड ।
विसं २०८० वैशाख २७ मा ठेक्का सम्झौता भएपछि यो सडक कालोपत्रेको काम थालिएको थियो । दुई वर्षमा निर्माणको काम पूरा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा धनगढीमा साना अरू पनि थुप्रै सडक बनिसकेका छन् । स्थानीय सरकारले गरिरहेको विकासनिर्माणको कार्यमा प्रदेश सरकार सहयात्री बनेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै प्रदेश सरकारको बजेटमा धनगढीका १९ वटा सडक निर्माणको काम थालिएको थियो । जसमध्ये १७ वटा सडकको निर्माण लगभग पूरा भइसकेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । दुई वटाको काम भने बाँकी रहेको इन्जिनियर विनोद खड्काले बताउनुभयो ।
यी हुन् सडकमुख्य सडकबाहेक भित्री क्षेत्रमा प्रदेश सरकारको बजेटमा बढी सडक निर्माण भएका छन् । ८९ किलोमिटर लामो रातोपुल–टेम्पल रिसोर्ट–शिवपुरीधाम–तुलसी चोक–भगवती टोल सडकको काम ९० प्रतिशत पूरा भएको छ । प्रदेश सरकारको चार करोड ९७ लाख रुपियाँमा यो सडक बनिरहेको छ । त्यस्तै एक करोड २४ लाख रुपियाँ लगानीमा आरबिबी–विशाल नगर–जनता आधारभूत विद्यालय–वीरेन्द्र चोक रिङरोडको निर्माण पूरा भएको छ ।२२७ किलोमिटर लामो यो रोड बनेको भौतिक पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका–२ स्थित रुबस होटेल–बैइया बेहडी रोड कालोपत्रेको काम सकिएको छ । ६ किलोमिटर लामो यो रोड तीन करोड ४७ लाख रुपियाँ लगानीमा बनेको छ । त्यस्तै वडा नं. ३ को नेसनल मार्ग रोडको निर्माण पनि पूरा भएको छ । एक करोड २६ लाख रुपियाँ लगानीमा बनेको यो सडक २ किलोमिटर रहेको छ । यसै गरी ५५ किलोमिटर लामो पुरानो भन्सार रोड तीन करोड ७४ लाख रुपियाँ लगानीमा बनेको छ । यसको निर्माण सबै पूरा भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
धनगढीगाउँ–जुगेडा सडकमा ५१३ किलोमिटरमा कालोपत्रेको काम पूरा भएको छ । दुई करोड ४६ लाख रुपियाँ लगानीमा यो सडक कालोपत्रेको काम भएको छ । पुष्पलाल चोक–धनगढीगाउँ सडकको भौतिक प्रगति भने ६० प्रतिशत पुगेको छ । ७८७ किलोमिटर लामो यो सडक तीन करोड ७० लाख रुपियाँ लगानीमा बन्दै छ । कैलाली बहुमुखी क्याम्पसदेखि जाखोर तालसम्मको ४ किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ । दुई करोड ४९ लाख रुपियाँ लागतमा यो सडक बनिरहेको छ । कैलाली पुलदेखि क्याम्पस चोक (हुलाकी राजमार्ग शून्य प्वाइन्टसम्म) मेन रोड ।
धनगढी उपमहानगरपालिका–१, त्रिवेणी रोडको ६० प्रतिशत काम भएको छ । तीन करोड ७४ लाख रुपियाँ लगानीमा बनिरहेको सो सडक ०।५५ किलोमिटर रहेको छ । नैनादेवी–पुरानो हसनपुर रोड निर्माण अन्तिम चरणमा पुगेको छ । ४७ किलोमिटर लामो यो सडक दुई करोड ५० लाख रुपियाँ लगानीमा निर्माण भइरहेको छ । सामुदायिक प्रहरी पिपल चौतारादेखि बोराडाँडी हुँदै फाप्ला रिङरोड सडक निर्माण सम्पन्न भइसकेको छ ।
सात करोड ४४ लाख १४५ किलोमिटर दुरीमा सडक निर्माणको काम भएको छ । यस्तै धनगढी–१३, मैदा मिलदेखि हिमाली टोल र कैलालीगाउँ प्रहरी पोस्ट हुँदै ढुङ्गेबजार रोडको काम पूरा भएको छ । ४०२ किलोमिटर लामो यो सडक दुई करोड ५० लाख रुपियाँ लगानीमा बनेको छ । २४ किलोमिटर दुरीमा कालोपत्रे भएको राजपुर चोकदेखि पूर्ववडा कार्यालयसम्म जाने सडकको काम पनि सकिएको छ ।
एक करोड २५ लाख रुपियाँ लागतमा यो सडक बनेको छ । बहिरा स्कुलदेखि दक्षिणकाली टोल जाने १३ किलोमिटर कालोपत्रे सडकको काम अन्तिम चरणमा पुगेका छ । दुई करोड ७७ लाख रुपियाँमा यो सडक बन्दै छ । गठबन्धन चोकदेखि शिवपुरीधामसम्म सडक कालोपत्रेको काम पूरा भएको छ । ५ किलोमिटर यो सडक एक करोड ३९ लाख रुपियाँमा बनेको छ ।
मल्लो–मटियारी–ढुङ्गेबजार पश्चिम चोकदेखि उत्तर कृष्ण टोल र एकता टोल हुँदै लक्ष्मीनगर जाने बाटो (कलभर्ट र नालीसहित) पूरा भएको छ । १,२२५ किलोमिटर यो बाटो दुई करोड ७४ लाखमा बनेको छ । यसै गरी सहिदगेट–शिवपुरी–न्युरोड सडकखण्डको ५५ किलोमिटरमा पनि काम पूरा भएको छ । एक करोड २४ लाख रुपियाँ लागतमा यो सडक बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
धनगढी–२, बडीमालिका टोल मेन रोडमा ५२५ किलोमिटर सडक प्रदेश सरकारले बनाएको छ । एक करोड ३९ लाखमा यो सडकको काम पूरा भएको छ । त्यस्तै नन्दलाल पन्तको घरदेखि पूर्व भरत जोशीको घरसम्म ३९२ किलोमिटरमा पनि ढल निकाससहित कालोपत्रेको काम सम्पन्न भएको छ । एक करोड ३९ लाखमा यो खण्डको ठेक्का भएको थियो ।
प्रदेश सरकारको लगानीमा यी १९ वटा सडक पाँच प्याकेजमा बनेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाका बेलामा प्रदेश सरकारको बढी सडक योजना धनगढीमा परेको थियो । धेरै जसो सडक सम्पन्न भइसकेका छन् । बहुवर्षीय योजनाका रूपमा रहेका केही सडकको काम बाँकी रहेको छ । धनगढीगाउँदेखि जुगेडा जोड्ने सडक ।डुबान समस्या समाधान हुने
प्रदेश सरकारले निर्माण गरेको सडकले धनगढीमा एक सडकदेखि अर्को सडकसम्म कनेक्टिभिटी बढाउने काम गरेको छ । यसै गरी व्यवस्थित नाली निर्माणले पानी निकास भएको छ । यसले डुबान समस्या समाधानमा सहयोग पुग्ने बताइएको छ । पानी निकास व्यवस्थित नभएका कारण धनगढीमा डुबान हुने गर्दछ ।
प्रदेश सरकारले सडकसँगै बनाएको नालाले डुबान समस्या समाधानमा सहयोग पुग्ने वडा नं. ३ का वडाध्यक्ष राजबहादुर ऐरको विश्वास छ । त्यस्तै अर्का वडाध्यक्ष सन्तोष मुडभरीले प्रदेश सरकारले धनगढीलाई आधुनिक सडक दिएको बताउनुभयो । “अहिलेसम्म यस्ता सडक धनगढीमा बनेकै थिएनन् । जुन काम प्रदेश सरकारले गरिरहेको छ । प्रदेश सरकारबाट स्थानीय सरकारलाई यो धेरै ठुलो सहयोग हो,” उहाँले भन्नुभयो ।