सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित:

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार