कञ्चनपुरमा ट्रकसहित अवैध काठ बरामद, चालक पक्राउ

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय शङ्करपुरबाट गस्तीमा खटिएको टोलीले सुप–०२–००१ ख १०८७ नम्बरको ट्रकमा लोड गरिएको अवस्थामा काठ फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार ट्रकमा आँपका ४९ वटा गोलिया (१२८.६२ क्यूफुट) र मसाल जातका ३७ वटा गोलिया (३५.३५ क्यूफुट) रहेका थिए। बरामद गरिएको काठको कूल परिमाण १६३.९७ क्यूफुट रहेको प्रहरीले जनाएको छ।

साथै ट्रक चालक बेदकोट नगरपालिका–५ पोलखरीका ४३ वर्षीय गणेशबहादुर बोहरा पक्राउ परेका छन्। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय लालझाडीमा बुझाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार