भारत सरकारले अछाममा सहयोग विद्यालय भवन निर्माण

प्रकाशित:

भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण

भारत सरकारको आर्थिक सहयोगमा अछामको महेन्द्र माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरियो। भवन निर्माणमा ३।२४ करोड रुपैयाँ खर्च भएको थियो।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति, साँफेबगर नगरपालिकाका मेयर र भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो।

नयाँ भवनमा कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र शौचालय लगायतका संरचनाहरू छन्, जसले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्नेछ।

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयका लागि निर्माण गरिएको विद्यालय भवन शनिबार विद्यालयको व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३।२४ करोड रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।

जिल्ला समन्वय समिति, अछामका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा भवन व्यवस्थापनलाई हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षकरशिक्षिका, विद्यार्थी एवम् उनीहरूका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रधानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा र छात्र एवम् छात्राका लागि शौचालय सहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ ।

अनुदान सहयोग फर्निचर र कम्प्युटरको खरिदमा पनि उपयोग गरिएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, अछाममार्फत कार्यान्वयन गरिएको थियो ।

सन् १९६० मा माध्यमिक विद्यालयका रूपमा स्थापित श्री महेन्द्र माध्यमिक विद्यालय पछि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा ४०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् जसमा ६५५ छात्राहरू रहेका छन् ।

जिल्ला समन्वय समिति, अछाम, साँफेबगर नगरपालिका, अछाम, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे ।

उनीहरूले नयाँ पूर्वाधारले अछामस्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

ताजा समाचार

सम्बन्धित समाचार