वैदेशिक रोजगारीमा जानेलाई भीमदत्त नगपालिकाले घरदैलोमै पुगेर परामर्श दिदै

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार पालिकाको रोजगार सेवा केन्द्रले न्यायिक समिति र वडाका मेलमिलापकर्तासँग अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रमको अध्यक्षता नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक निलम लेखक जोशी गरेकी थिइन् । कार्यक्रममा भीमदत्तका मेयर पदम बोगटी प्रमुख अतिथि थिए ।

रोजगार सेवा केन्द्रका संयोजक कृष्ण बहादुर चन्दले, गत पुष महिनादेखि भीमदत्त नगरपालकामा सामी कार्यक्रम सुरु भएको बताए । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने नारासहित अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

विषेश गरि विदेशमा रहनुभएका युवायुवती र विदेश जानेहरुलाई यस कार्यक्रम मार्फत सुझाव सल्लाह र परामर्श दिइदै आएको छ ।

यसैगरि मनोसामाजिक परामर्शदाताहरुले वैदेशिक रोजगारीमा जान चाहनेलाई घरघरमा गएर परामर्श दिँदै आएको रोजगार संयोजक चन्दले बताए ।

रोजगार सेवा केन्द्रले वैदेशीक रोजगारीको सिलसिलामा कुवेतमा ज्यान गुमाएका परिवारलाई क्षतिपुर्तिका लागी सिफारिश गर्दै गर्दे आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार