सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार र ?

प्रकाशित:

काठमाडौं ।  घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९१ हजार ८ सय कायम थियो ।

उक्त दिन सुनको मूल्य १४ सयले बढेको थियो ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार