पानी थापेको निहुँमा युवतीमाथि निर्घात कुटपिट, दोषीलाई पक्राउपछि छाडियो!

प्रकाशित:

बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन् ।

रिजालको कुटाइबाट सख्त घाइते भएकी विकको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार विकको शरीरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका चोट छन् ।
रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै विकलाई कुटपिट गरेको बताइएको छ ।

रिजाललाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए । घटना हिजो बिहान भए पनि परिवारजनले जाहेरी नदिएकोले रिजाललाई केही समय नियन्त्रणमा लिएर छाडेको प्रहरीले बताए ।

उनले भने– ‘परिवारले जाहेरी नदिएको प्रहरीले २४ घण्टा भन्दा धेरै समय राख्न नमिल्ने भएको छाडिएको हो।’ परिवारले जाहेरी दिएमा रिजाललाई फेरि नियन्त्रण लिने मल्लले बताए ।रिजालमाथि हातपात, गाली बेइज्जती तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा कारबाही हुनसक्ने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार