झलारी बजारबाट बैंकिङ कसुरको दोषी पक्राउ, २ वर्ष कैद र ५०० जरिवाना

प्रकाशित:

कञ्चनपुर । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद र रु. ५०० जरिवानाको सजाय पाएका कञ्चनपुरका एक युवक झलारी बजारबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरले २०८१ सालको बैशाख १६ गतेको फैसलामार्फत शुक्लाफाटा नगरपालिका–११, कलुवापुर निवासी २७ वर्षीय प्रकाश सार्कीलाई दोषी ठहर गरेको थियो। उनलाई बैंकिङ कसुर (चेक अनादर) मुद्दामा सजाय सुनाइएको हो।

उक्त फैसलाको कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई २०८२ सालको बैशाख १७ गते झलारी बजारबाट पक्राउ गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार