विभिन्न कार्यक्रम सहित कञ्चनपुरमा मनाइयो नेवि संघको ५६ औं स्थापना दिवस

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेवि संघ) कञ्चनपुरले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । शनिवार नेवि संघ कञ्चनपुरले ५६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको हो ।

जिल्ला अध्यक्ष नरेश पण्डित, दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसका स्ववियु सभापति सुवास नेगी लगायतका विद्यार्थी नेताहरुले कञ्चनपुरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेवि संघको ५६ औं स्थापना दिवस मनाएको सचिव विशाल बिष्टले बताए ।

स्थापना दिवसको अवसरमा दोधारा चाँदनीमा रहेका विभिन्न धार्मिक स्थल, रेडक्रसमा सरसफाइ एवं बृक्षारोपण गरिएको हो ।

त्यस्तै विद्यार्थी नेताहरुले दोधारा चाँदनी असपतालमा रहेका बिरामीहरुलाइ फलफुल तथा चिसो पेय पदार्थ वितरण गरिएको नेवि संघका जिल्ला सचिव बिष्टले बताए ।

बदलिदो परिस्थितिमा आजको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थी आन्दोलनको सिर्जनात्मक रुपान्तरणको नेतृत्व नेवि संघले गर्दै आएको सचिव बिष्टले बताए ।

हिजोको दिनमा सधै अग्रपंक्तिमा रहेर नेवि संघले हरेक क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्दै आएको र आउदा दिनहरुमा पनि विद्यार्थीका हरेक समस्या एवं हकहितका लागि कलमको क्रान्ति सहित नेवि संघ अग्रपंक्तिमा रहने उनले विश्वास व्यक्त गरेका छन् ।

May be an image of 5 people and tree

May be an image of 8 people

May be an image of 8 people and temple

May be an image of 9 people, hospital and text

May be an image of 8 people, people smiling, hospital, temple and text

May be an image of 7 people, people smiling and temple

May be an image of 6 people and text

ताजा समाचार

सम्बन्धित समाचार