अत्तरियामा पुरुष हत्या घटना : शवको सनाखत भएन, अनुसन्धानमा समस्या

प्रकाशित:

कैलालीको अत्तरियामा बुधवार बिहान फेला परेको पुरुषको शवको सनाखत हुन सकेको छैन । अत्तरियास्थित दुर्गामन्दिर परिषरमा भेटिएको अन्दाजी ३५–४० वर्षका पुरुषको शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
शवको सनाखत हुन नसक्दा अनुसन्धानमा पनि समस्या भैरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ९डिएसपी० गंगा बहादुर थापाले बताए ।

उनले शवको सनाखत नभएका कारण पोष्टमार्टम पनि हुन नसकेको बताए । तर घटनाका बारेमा अनुसन्धान जारी रहेको र ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए ।‘शवको सनाखत हुन सकेको छैन, त्यसैले पोष्टमार्टम पनि भएको छैन’ उनले भने ‘अहिलेसम्म सोधपुछका लागि ३ जनालाई नियन्त्रणमा लिएका छौ, अनुसन्धान जारी छ ।’ उनले सोधपुछका लागि नियन्त्रणमा लिईएका व्यक्तिहरु अत्तरिया आसपासकै भएको समेत बताए ।

अत्तरिया बजारमै रहेको दुर्गामन्दिर परिषरमा बुधबार बिहान एक पुरुषको शव फेला परेको थियो । अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको र शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो रहेको प्रहरीले जनाएको थियो । प्रहरी कार्यालयकै अगाडी रहेको सो मन्दिर परिषरमा शव फेला परेपछि स्थानिय आतंकित भएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार