सुदूरपश्चिम प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

प्रकाशित:

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न नसकिरहेकाले सूचना टाँस गरेर पाँचौं अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रदेश सभाको पाँचौं अधिवेशन गत साउन २७ गतेबाट सुरु भएको हो। यो अधिवेशन अवधिभरि १९ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिए । पछिल्लो समय सरकारसँग विभिन्न माग राख्दै प्रतिपक्षी दलको अवरोधका कारण सभाको बैठक बस्न सकेको थिएन ।

ताजा समाचार

सम्बन्धित समाचार