कञ्चनपुर। नेकपा एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाका छोरा लागुऔषधसहित पक्राउ परेका छन्। कैलाली प्रहरीले शनिबार कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट एमाले अध्यक्ष बुढाका छोरासहित २ जनालाई पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल र धनगढी उपमहानगरपालिका–१३ मोहनापुर २८ वर्षीय रबिन्द्र बुढालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

उनका अनुसार रावल र बुढाका साथबाट २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ। रबिन्द्र एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाका छोरा भएको प्रहरी स्रोतले जनाएको छ।
