महेन्द्रनगरमा खुल्यो सुविधा सम्पन्न शैक्षिक संस्था– ‘ईजी वे ईन्सिच्युट’

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा नयाँ शैक्षिक संस्था ‘ईजी वे ईन्सिच्युट’ खुलेको छ । सोमबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा नयाँ शैक्षिक संस्था ‘ईजी वे ईन्सिच्युट’ को औपचारिक उद्घाटन भएको छ ।
महेन्द्रनगरको गल्ली नं. ४ मा नयाँ शैक्षिक उर्जा सहित ईन्सिच्युट सञ्चालनमा आएको हो ।

कोरियन भाषा, जापनीज भाषा, अंग्रेजी भाषाका कक्षाहरु, ब्रिज कोषहरु, लोक सेवा आयोग र शिक्षक सेवा आयोगका तयारी कक्षाहरु दक्ष प्रशिक्षकबाट प्रशिक्षण गरिने उद्देश्य सहित नयाँ शैक्षिक संस्था ‘ईजी वे ईन्सिच्युट’ सञ्चालनमा आएको संस्थाका सञ्चालक नवराज भट्टले बताए ।

महेन्द्रनगरमै पहिलो पटक सेवा सुविधा सम्पन्न ईन्सिच्युटको रुपमा ‘ईजी वे ईन्सिच्युट’ लाई स्थापित गर्न लागेको सञ्चालक भट्टले बताए ।

आज उक्त शैक्षिक संस्थाको उद्घाटन समारोहको प्रमुख अतिथीका रुपमा रहेका भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले गुणस्तरिय सेवामा जोडदिन आग्रह गर्दै ईन्सिच्युटको उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन समारोहमा शैक्षिक क्षेत्र संग आबद्ध विभिन्न व्यक्तित्व एवं पुर्व सहायक शिक्षा निर्देशक देवीदत्त भट्ट, समाजसेवी डा. कृष्णदत्त जोशी (बोक्सर), धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले समेत शुभकामना दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार