महेन्द्रनगर । एन–प्याब्सनको ८ औँ राष्ट्रिय महाधिवेशनबाट श्याम सिंह मौनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । कञ्चनपुरका मौनी सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीका संस्थापक प्रिन्सिपल हुन् ।

एन–प्याब्सनको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका मौनी दुई दशक बढी समयदेखि शैक्षिक उन्नयन एवं एन–प्याब्सन संग जोडिएका छन् ।

त्यस्तै एन–प्याब्सनको ८ औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष सत्येश बहादुर चन्द केन्द्रीय कार्यसमितिको उपमहासचिवमा समेत निर्वाचित भएका छन् । चन्द प्रतिष्ठीत शैक्षिक संस्था भुवनेश्वरी विद्या मन्दीरका प्रिन्सिपल हुन् ।

त्यसैगरी झलारीका डिडि अवस्थी केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । एन–प्याब्सनको ८ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यहरुमा दिपक भट्ट, झकराज जोशी, सल्लाहरकार अधिवक्ता समेत रहेका प्रकास बहादुर पाण्डेय, डा. भोजराज पन्त र सुप प्रदेशको अध्यक्षमा बीर बहादुर चन्द चयन भएका छन् ।