निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिंह निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुर शाखाको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार महेन्द्रनगर स्थित उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालन भएको नवौँ जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

समितिको उपाध्यक्षहरूमा अनिल चन्द (खुला), पुजा जोशी (महिला) र लेखक राम चौधरी (समावेशी), त्यस्तै सचिवमा अनिल चन्द (अंकुर), सह–सचिव लक्ष्मण सिंह नेगी, कोषाध्यक्ष जयराज पनेरु सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरूमा जगदीश बहादुर भाट, राम दत्त जोशी, दिवाकर प्रताब सिंह, गणेश राज जोशी, टंक प्रशाद भट्ट सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रकाश पाठकले बताए।

बाँकी रहेका सदस्यहरु कार्यसमितिले पुर्णता दिने जनाएको छ। ‘राष्ट्रसेवा निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने नारासहित नवौँ जिल्ला अधिवेशसन सम्पन्न भएको हो।

उक्त नवौं अधिवेशनको प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर थापा रहेका थिए । विशिष्ठ अतिथीमा युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार