क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि बलात्कार

प्रकाशित:

सप्तरी । सप्तरी प्रहरीले क्याम्पस जाँदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । जिल्लाको विष्णुपुर गाउँपालिका–१ घर भएका १९ वर्षीय युवकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

९ माघको बिहान पौने ६ बजेको समयमा विष्णुपुर गाउँपालिका–७ क्याम्पस जान लागेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती युवालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र कुमारले बस्नेतले जानकारी दिए ।

पीडित किशोरीको बाँया हात समेत भाँच्चिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका युवकलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार