कञ्चनपुर। बझाङको तलकोट गाउँपालिका–२ सुकगाडमा यात्रुबाहक जिप दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बिहिबार राति साढे ८ बजे तलकोटबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको से १ ज ८४३ नम्बरको जिप दुर्घटनामा परेको हो।
सञ्चार शाखाले उपलब्ध गराएको जानकारी अनुसार चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएका छ।
चालक केदारस्युँ गाउँपालिका–१ का ३३ वर्षीय समशेर मल्लको मृत्यु भएको छ। अन्य दुई मृतकको सनाखत हुन सकेको छैन।
प्रहरीका अनुसार एक बालिका गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि जिल्ला सदरमुकाम चैनपुर ल्याइँदैछ।
जिप सडकबाट डेढ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन।
साढे ८ बजेको घटना भएपनि प्रहरीलाई ९ बजे खबर आएको थियो। अहिले दुर्घटनाग्रस्त स्थानतर्फ प्रहरी गइरहेको छ।