बैतडीमा बलात्कारपछि युवक फरार, महिला ६ महिनापछि पुगिन् प्रहरीमा

प्रकाशित:

बैतडी । बैतडीको सिगास गाउँपालिकामा २४ वर्षीया महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएकी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, गत असार १७ गते राति अर्जनसिंह धामी नामक २६ वर्षीया युवकले ती महिलामाथि जबरजस्ती करणी गरेका थिए।

महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गरेपछि यो घटनाको विषयमा प्रहरी अनुसन्धान सुरु भएको छ। जाहेरी दर्तापछि, महिलालाई पाटनस्थित महिला सुरक्षित आवास गृहमा राखिएको छ।

प्रहरी प्रवक्ता बलराम पाण्डेले घटनामा अनुसन्धान अघि बढाएको जानकारी दिए। यस घटनामा आरोपित धामी फरार रहेको बताइएको छ। छ महिनाको गर्भवती भएको जानकारी पनि प्रहरीले सार्वजनिक गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार