कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट ४ लाख ८५ हजार रुपैयाँको अवैध मोबाइलका सामान बरामद गरिएको छ।
भारतबाट भन्सार छलि गरि ल्याइएका मोबाइलका डिस्प्ले र पार्टस बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी गड्डाचौकीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा उक्त रकम बराबरको अवैध सामान बरामद गरेको हो।
भन्सार छलिगरि ल्याइएका मोबाइलका सामान बरामद गरेर भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।