कञ्चनपुर। कञ्चनपुरमा २ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–४ बसपार्क र बेलौरी नगरपालिकाको खल्लाबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको हो।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएको पेय पदार्थ, सुर्ती, चुरोट, गुट्खा, कुरकुरे, माछा लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।