महेन्द्रनगर । पतञ्जली योग समिति कञ्चनपुरले १५ दिने सह–योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । सोमबार बिहानदेखि भगन्नामासंकीर्तन समितिको हल शिव मन्दिरमा उक्त प्रशिक्षण तालिमको शुभारम्भ गरिएको सोसल मिडिया प्रमुख प्रेम सिंह ऐरले बताए ।
उक्त प्रशिक्षण सोमबार देखि पुस १५ गते सम्म बिहान ५ बजेदेखि सञ्चालन हुँनेछ । प्रशिक्षण तालिममा २२ जना नयाँ सहभागी र पुराना योग शिक्षकहरुको पुनर्ताजगी तालिमको अध्यक्षता पतञ्जली योग समिति कञ्चनपुरका संगठन प्रशिक्षण प्रमुख केशब दत्त पन्तको अध्यक्षतामा पतञ्जली योग समित कन्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले गर्नु भएको हो ।
भीमदत्तका नगर प्रवक्ता पदम राज अवस्थीको प्रमुख आतिथ्यतामा पतञ्जली योग पीठ नेपालका आजीवन सदस्य हरिदत्त लेखक, पतञ्जली योग समिति सदस्य नारायण दत्त पन्त, महिला पतञ्जली योग समितका अध्यक्ष कमला पाण्डेको विशिस्ट उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको सोसल मिडिया प्रमुख ऐरले बताए ।