बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, आज बिहान ११ बजेर २ मिनेट जाँदा ३.९ रेक्टरस्केलको भूकम्प मापिएको हो।
यसअघि गत मङ्सिर ६ गते कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो। भूकम्पको गतिविधि पछिल्लो समय नेपालमा लगातार भइरहेको छ।
नेपाल हिमालय क्षेत्रमा अवस्थित भएता पनि यहाँ भूकम्पको जोखिम उच्च रहेको भन्दै राष्ट्रिय भूकम्प मापन केन्द्रले सतर्क रहन आग्रह गरेको छ।