कञ्चनपुर। कञ्चनपुरमा ३ लाख ९२ हजार ९४० रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–८ ऐठपुर, गड्डाचौकीस्थित भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका–१७ मझगाउँबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको हो।
चिनी, मिश्री, मटर, खाने तेल, स्विटर, टाउजर, टोपी, पञ्जा, साईकल लक, प्लाष्टिक झिल्ली, ब्रेकसु, फोर हुईल, साईकल चेन, साइकल स्टेन, साइकल गेर, चस्मा, नटबोल्ड, हाडवेयर, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।