कञ्चनपुर। रिटायर्ड इण्डियन आर्मीका क्याप्टेन पदम बहादुर थापाले विद्यालयलाई १० लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

स्याङ्जाको दभुङ ठाँटी माध्यमिक विद्यालयलाई थापाले आर्थिक सहयोग गरेका हुन।

विद्यालयमा विपन्न, गरिब विद्यार्थीको पठनपाठनका लागि आर्थिक सहयोग गरेको थापाले बताए।

९८ वर्षीय थापा सामाजिक कार्यमा सक्रिय छ। जीवनको उत्तरार्धमा आफ्नो अन्तिम इच्छा समाजसेवा भएकाले आफूले सक्ने आर्थिक सहयोग गर्ने उनको भनाइ छ।