हेटौँडा। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीरबाट आज बिहान ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ।

ग्यास लिएर काठमाडौँ जाँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

‘उक्त ग्यास बुलेट काठमाडौँ जाँदै गरेको भन्ने बुझिएको छ,’ रिजालले भने, ‘घटनाको थप जानकारी आउँन बाँकी छ।’