कञ्चनपुर। कैलालीमा लागुऔषधसहित ७ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ भाटभटेनी नजिकबाट २७ वर्षीय महेश भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट २ ग्राम ४७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो।

धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिकबाट सोही ठाउँका २८ वर्षीय गोपाल रामजाली मगर पक्राउ परे। उनको साथबाट ५१० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१२ पट्टीघाटबाट सोही ठाउँका २५ वर्षीय राम गोपाल राना र अर्का एक किशोर १ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परे।

टीकापुर नगरपालिका–९ खक्रौलाबाट ३ ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–९ खैरीफाटाका १९ वर्षीय सचिन रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–८ संगम टोलका २८ वर्षीय सुरेश चौधरीको घरमा खानतलासी गर्दा लुकाएको अवस्थामा १ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। सँगै रहेका धनगढी–१ का २८ वर्षीय मनिष चौधरीको साथमा १ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन भेटियो।