कैलालीमा लागुऔषधसहित ४ जना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका–५ का १९ वर्षीय सुरज गिरी पक्राउ परे।

उनको साथबाट १ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट धनगढी–४ का २७ वर्षीय रबि बुढा १३० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परे।

गोदावरी नगरपालिका–२ अत्तरियाको लोटस गल्लीबाट सोही ठाउँका २३ वर्षीय सुरेन्द्र भट्ट र २४ वर्षीय धिरेन्द्र धामी ९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार