टिप्परमा च्यापिएर चालकको मृत्यु

प्रकाशित:

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ ।

शुक्रवार बिहान ८ बजेर १५ मिनेटको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

बकैयाको हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड लिइ जाँदैगरेको ना ८ ख २४३० नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार