काठमाडौं । नेपाल प्रिमियर लिगमा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन् ।

कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।

पोखरा र कर्णाली दुवै पहिलो जितको खोजीमा हुनेछन्।

चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ।
लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।