बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित:

काठमाण्डौ। काठमाडौँको खसी बजारमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-१४ खसी बजारस्थित सडकमा गएराति बा प्र०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका १ खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खड्गीको बयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार