कञ्चनपुर। कञ्चनपुरमा ३ लाख ६५ हजार ३ सय रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
बेलौरी नगरपालिका–६ बैशाखाबाट उक्त रकमको अवैध सामान बरामद गरिएको हो।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएको सुटपिस, बच्चाका कपडा, धोती, साबुन, सरप, सिरकका खोल, केक, चक्लेट र खेलौना बरामद गरिएको प्रहरीले जनाएको छ।