बझाङको सुर्मा गाउँपालिका-४ मा नेपाली कांग्रेस विजयी

प्रकाशित:

कञ्चनपुर। बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् । उनी ६५७ मतसहित निर्वाचित भए।

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे। यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत प्राप्त गरे ।

यहाँ यसअघि एमालेले जितेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार