कञ्चनपुर। भीमदत्त नगरपालिका – ६ को अध्यक्षका लागि मतदान जारी छ।

दिउँसो २:१५ बजेसम्म २ हजार ४ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने छ।

भीमदत्त नगरपालिका -६ को अध्यक्षका लागि १२ जना उम्मेदवार मैदानमा छन् ।
यहां ५ हजार ४ सय ३४ मतदाता छन्।