निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

प्रकाशित:

रोल्पा। रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ।

सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो।

मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। आइतबार बिहान करिब ९:५० बजे टेवा पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार