कञ्चनपुर। कञ्चनपुरमा ३ लाख ७६ हजार १ सय ४८ रुपैयाँ बराबरको अवैध सामान बराबद गरिएको छ।
भीमदत्त नगरपालिका–११ भुजेला र पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका कपडा, सुट कपडा, बिजुलीका सामान, नट बोल्ड, स्विच, चार्जर स्विच, आल्मनियम पत्ता, हाडबेयर, किराना लगायतका सामान बरामद गरिएको हो।