नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कालीगण्डकी नदी किनारमा १५ वर्षीय किशोरको शव फेला परेको छ ।
गैँडाकोट नगरपालिका–३, घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा तनहुँ रिसिङ–५, रेसौका गोपाल कुमालको शव भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् ।
कुमाल गत २७ कात्तिकमा तनहुँको रिसिङ गाउँपालिका–४, भिरकोटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
नदीमा डुबेर बेपत्ता भएका कुमालको शव मंगलबार कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरी निरीक्षक नरालले बताइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।