कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा चालक २१ वर्षीय युवकको मृत्यु, पैदलयात्री घाइते

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा स्कुटर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा स्कुटर चालक दोधारा चाँदनी नगरपालिका–९ का २१ वर्षीय देव नाथको मृत्यु भएको हो।

दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलमा युके ०६ बिई ९३८२ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक नाथ गम्भीर घाइते भएका थिए।

उनको भारतस्थि खटिमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नाथले चलाएको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो।

पैदलयात्री घाइते छन्। उनको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार