कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा १८ लाखको अवैध सामान बरामद गरिएको छ। अवैध सामानसहित दुई जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको कबडहल नजिकबाट १० लाख ४ हजार ४ सय रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
सु.प.प्र. ०१–००१ ख २६११ नम्बरको मिनिटाटालाई शंका लागि जाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका उक्त रकम बराबरको चक्लेट, सुदर्शन सुपारी, सुर्ती, नरिवल, दाल, चिनि लगायतका सामान बरामद गरिएको हो।
गाडी चालक बैतडीको दशरथचन्द नगरपालिका–२ का २८ वर्षीय दिपकसिंह भाट र गाडी साहु कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २४ वर्षीय शम्भु भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस्तै, भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त–६ ऐठपुर, भीमदत्त–११ गड्डाचौकी र चौकीसत्ताबाट ८ लाख ६५ हजार ६ सय ८० रुपैयाको अवैध सामान बरामद गरिएको छ।
उक्त रकम बराबरको चिनि, मिश्री, सुट कपडा, जुत्ता, चप्पल, कपडा, हाडबेयर, मोबईलका सामान, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।