पूर्वसभामुख ढुङ्गानाको आज अन्त्येष्टि गरिँदै

प्रकाशित:

काठमाडौँ । पूर्वसभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने भएको छ।

उनको काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।
सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको छ ।

त्यसका लागि सोमबार बिहान नै मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार