तीन दिनदेखि बेपत्ता बैतडीका मोहन भीरमा मृत भेटिए

प्रकाशित:

कञ्चनपुर। बैतडीमा एकजना मृत फेला परेका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ सार्कीटोलका ६० बर्षीय मोहनराम भुल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

कार्तिक ३० गतेदेखि हराइरहेका भुलको शव घरबाट झण्डै दुई किलोमिटर टाढा रहेको खनेटा भीरमा शनिबार साँझ फेला परेको हो । स्थानीयहरुले भुलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घरबाट कसैलाई जानकारी नदिइ निस्केका भुलको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरी निरीक्षक पाण्डेयले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार