समता घरेलु लघुवित्तले गर्‍यो दिवंगत सदस्यको ऋण मिनाहा, बचत फिर्ता

प्रकाशित:

बर्दिया। समता घरेलु लघुवित्त वित्तिय संस्था लामिटेडको रानीपुर शाखामा जग्गा धितो राखेर लिएको कर्जा मिनाहा गरिएको छ।

वित्तिय संस्था लिमिटेडमा जग्गा धितो राखेर कर्जा तथा बचत कारोबार गरिरहेका दिवगंत सुमिता थारुको कर्जा मिनाहा गरेको हो।

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड रानीपुर शाखाका शाखा प्रबन्धक केशव दत्त जोशीका अनुसार दिवगंत सदस्य सुमिताको कर्जा र ब्याज मिनाहा गरेर बाँकी रकम निज मृतकका श्रीमान सागरलाई हस्तान्तरण गरिएको छ।

सदस्यको निधन भएपछि कर्जा बिमा सुविधा बापत सस्थालाई बुझाउनु पर्ने बाकी कर्जा ब्याज मिनाहा गरिएको जोशीले बताए।

मृतक सुमिताले संस्थाबाट ५ लाख ५० हजार कर्जा लिएकी थिइन्। कर्जा बिमा बापत् ५ लाख ५० हजार र किरिया खर्चबापत् उनको खातामा थप २५ हजार रुपैयाँ दाखिला गरिएको संस्थाले जनाएको छ।

कर्जा बिमा सुविधाअन्तर्गत कर्जा र ब्याज मिनाहा गरेर खातामा बाँकी रहेको रकम मृतकको श्रीमान्लाई हस्तान्तरण गरिएको हो।

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड कैशिलानगर इलाका प्रमुख अबिनास केसी र रानीपुर शाखाका शाखा प्रबन्धक केशव दत्त जोशीले सोमबार ठाकुरबाबा–२ खोलपुर गाउँका बडघरमार्फत मृतकका श्रीमानलाई रकमको चेक हस्तान्तरण गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार