बागलुङ। यात्री बोकेको पिकअप जिप सडकदेखि ५ सय मिटर तल भिरमा खस्दा यहाँको एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइले भएका छन् ।
जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा सडकदेखि तल खसेको हो ।
घटनामा जैमिनी नगरपालिका–८ केवइका ३८ वर्षीय चालक महेन्द्र पुन, उनकै छिमेकी २० वर्षकी रश्मी श्रीष, ५० वर्षकी नन्दकली पुन, १७ वर्षका निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषको मृत्यु भएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।
घटनामा सोही गाउँका ४५ वर्षीय गंगाबहादुर श्रीष गम्भीर घाइते छन् । घाइतेलाई स्थानीयले उद्धार गरेर उपचार लागि धौलागिरि अस्पताल ल्याएका छन् ।
यो घटनाले जैमिनी–८ को केवै गाउँ शोकमग्न भएको छ । घटनापछि यहाँ सञ्चालित विभिन्न कार्यक्रम स्थागित भएका छन् । एकादशी मेलाका अवसरमा सुरु भएको भलिबल खेल स्थगित गरिएको पूर्ववडाध्यक्ष विजय अधिकारीले बताए ।