यस्तो छ आजको मौसम

प्रकाशित:

काठमाण्डौ। हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाकोसमेत सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार