कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय प्रकाश चन्द छन्।
अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भीमदत्त नगरपालिका–१७ बडुवालटोलबाट नियन्त्रणमा लिएको हो।
चन्दको साथमा ०.२२ ग्राम खैरो हेरोइन र २.२२ ग्राम चरेश भेटिएको थियो।